+
+

तीन महिनाभित्र पार्टीका सबै कमिटी गठन गरिसक्न एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १७:२३

१० कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन महिनाभित्र पार्टीका सबै कमिटी गठन गरिसक्न अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । त्यसका लागि जिल्लाका इन्चार्ज र सहइन्चार्जहरुबीच संघीय र प्रदेश निर्वाचन क्षेत्र हेर्नेगरी जिम्मेवारी बाँडफाँड गर्नुपर्ने अपानिमा उल्लेख छ ।

एकीकृत समाजवादीले गत असोज ५–७ मा बसेको पार्टीको केन्द्रीय कमिटीको प्रथम बैठक र असोज २१ गते बसेको स्थायी कमिटीको सातौं बैठकले गरेका निर्णयहरुलाई अपानिमार्फत देशभरका पार्टी कमिटी र संगठनहरुलाई जानकारी गराएको हो ।

बैठकले पारित गरेका २४ बुँदे तात्कालिक कार्ययोजना अनुसार आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका तथा वडामा पार्टी कमिटी गठन गरिसक्न निर्देशन दिइएको छ । यसका लागि ‘एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य’ अभियान सञ्चालन गरिने अपानिमा उल्लेख छ ।

केन्द्रीय कमिटीका हरेक सदस्यले पार्टी सदस्यता र संगठन निर्माणको विशेष योजना बनाएर काम गर्न र प्रत्येक महिना आफूले गरेको कामको लिखित रिपोर्ट पार्टी केन्द्रमा बुझाउनुपर्ने पनि अपानिमा उल्लेख छ ।

उक्त कामका आधारमा केन्द्रीय कमिटीका सदस्यहरुको मूल्यांकन हुने पनि एकीकृत समाजवादीले जारी गरेको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जारी गरेको अपानिमा जनाइएको छ ।

यसैगरी पार्टीको केन्द्रीय निकायका रुपमा केन्द्रीय परिषद् गर्ने निर्णय गरेको पनि एकीकृत समाजवादीले जनाएको छ । केन्द्रीय परिषद्मा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी तथा सदस्यहरु र जिल्ला कमिटीका अध्यक्षहरु रहने उल्लेख छ ।

यस्तै प्रदेश कमिटीभन्दा तल्ला स्थानीय कमिटीका पदाधिकारी केन्द्रीय कमिटी सदस्यमा चयन भएमा उसले ६ महिनाभित्र उक्त जिम्मेवारी हस्तान्तरण गर्न गर्नुपर्ने अपानिमा जनाइएको छ ।

यसैगरी कात्तिक २० गतेभित्र केन्द्रीय विभाग गठन गरिसक्ने एकीकृत समाजवादीले जनाएको छ भने केन्द्रीय सम्पर्क समन्वय कमिटी गठन गरिएको छ ।

एकीकृत समाजवादीको अपानि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?