
सांकेतिक तस्वीर
१० कात्तिक, काठमाडौं । सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन ।
बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ ।
संसद सचिवालयका अनुसार पीएसओ भारतीले नयाँ पेस्तोल लिएर आएकी थिइन् । त्यसको रजिष्ट्रेशन नम्बर संसद सचिवालयमा टपाउनुपर्ने हुन्छ ।
‘त्यही नम्बर टिपाउने क्रममा गोली चलेको हो’ संसद सचिवालय स्रोतले भन्यो । गोली टेबुलको कुनामा लागेको थियो ।
घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4