+
+

कांग्रेस निर्वाचन समितिको प्रस्ताव : १४ औं महाधिवेशन २७ मंसिरदेखि

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १९:४३

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ । निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।

प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ । निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादव भन्छन्, ‘पार्टी नेतृत्वलाई प्रस्ताव गरेका छौं, त्यसअनुसार नै निर्णय हुन्छ होला । त्यसपछि कार्यतालिका प्रकाशित गर्छौं ।’

पछिल्लो पटक संशोधित तालिकाअनुसार कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुनुपर्ने थियो । त्यसअनुसार १८ असोजमा सुरु भएको वडा अधिवेशन अझै सकिएको छैन ।

१३ जिल्लामा जिल्ला तहसम्मै अधिवेशन भइसकेको छ भने ५१ जिल्लामा स्थानीय तहसम्म अधिवेशन भएको छ । तर १३ जिल्लामा वडा अधिवेशन नै भएको छैन । त्यसमा पनि दुई जिल्ला (रौतहट र रसुवा) को क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन ।

क्रियाशील विवादका कारण तोकिएको समयमा महाधिवेशन नहुने भएपछि मंगगलबार भएको छलफलमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्र केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?