+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एनआरएनए फाउण्डेशन दर्ता, जीवा लामिछाने अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते ८:१९

बार्सिलोना । गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेको एनआरएन फाउण्डेशन विधिवत रुपमा दर्ता भएको छ। नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत रुपमा गत २०७८ आश्विन ४ मा दर्ता गरेको संघले सूचना प्रकाशित गर्दै जनाएको हो।

नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरू गर्ने गराउने अभिप्रायले यो फाउण्डेशन एक व्यावसायिक सीमित दायित्व भएको  गैर नाफामूलक,गैरराजनीतिक, तथा गैरसरकारी संस्थाका रुपमा रही सामाजिक तथा अन्य परोपकारी कार्यहरू गर्ने एक व्यावसायिक फाउण्डेशन हुने बताइएको छ।

अध्यक्षमा लामिछाने,थप तीन सदस्य मनोनित

फाउण्डेशनको पहिलो आधिकारीक बैठकले पूर्वअध्यक्ष जीवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको छ । साथै अन्य तीन जनालाई सदस्यमा मनोनित गरेको छ। मनोनित सदस्यहरुमा संघका संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्व संरक्षक इन्द्रा वन (अष्ट्रेलिया) र एनआरएनए अभियन्ता पुरु श्रेष्ठ (अमेरिका)  रहेका छन्।

फाउण्डेशनका संस्थापक सदस्यहरुमा गैरआवासीय नेपाली संघको प्रतिनिधित्व गर्दै संघका हालका अध्यक्ष कुमार पन्त, संघका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकारहरु कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल र अभिनेत्री मनिषा कोइराला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?