+
+

‘सत्यम्’मा राजेशको अपोजिटमा निरुतालाई अफर

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १३:३०

तिहारपछि छायांकन सुरु हुन लागेको चलचित्र ‘सत्यम्’को वर्कशप धम्पुसमा चलिरहेको छ । चलचित्रको वर्कशपका लागि मुख्य कलाकारहरु नायक राजेश हमाल, पल शाह, नायिका मलिका महत्त लगायतको टोली धम्पुसमा छ ।
यो चलचित्रको शिर्ष भूमिकामा नायक राजेश हमाल देखिनेछन् । चलचित्रमा खलपात्रको भूमिकामा भने नायक अनुप विक्रम शाही देखिदैछन् ।

चलचित्रमा नायक पल शाहको अपोजिटमा नायिका मलिका महत्त देखिदैछिन् । यसैविच, यसको निर्माणपक्षले चलचित्रका लागि अर्की एक नायिकाको पनि खोजी गरिरहेको छ । चलचित्रमा नायक राजेश हमालको अपोजिटको रुपमा नायिका निरुता सिंहलाई अफर गरिएको छ । श्रोतका अनुसार, निरुतालाई चलचित्रको लागि अफर गरिएपनि उनले काम गर्ने वा नगर्ने पक्का भैसकेको छैन ।

नायिका निरुता सिंह एक डान्स रियालिटी शोको निर्णायक बन्नका लागि एक साता अगाडि नेपाल आएकी थिइन् । यो डान्स रियालिटी शोका लागि निरुताले करिब ३ महिनाको समय दिनुपर्नेछ । यसैले, उनले चलचित्रमा काम गर्ने वा नगर्ने बिषयमा फाइनल गर्न सकेकी छैनन् ।

शंकर कार्कीको निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई रेशम सापकोटाले निर्माण गर्दैछन् । नायिका निरुता सिंहले चलचित्र ‘दाल भात तरकारी’मा मुख्य भूमिकामा काम गरेपछि नयाँ नेपाली चलचित्रमा काम गरेकी छैनन् । निरुताले नेपाल आएपछि कथावस्तु राम्रो भएको खण्डमा आमाको भूमिकामा पनि काम गर्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?