+
+

चैत मसान्तभित्र सबै नागरिकले खोप पाउने गरी व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १३:२०

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपमा कमी हुन नदिन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । उनले चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य अनुसार खोपको व्यवस्थापन गर्न पनि निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने बताए । ‘दाताहरुसँग पनि खोप मागौं । आग्रह गरौं । हामी आफैं पनि खरिद गरौं तर खोपको कमी हुन नदिऊँ, देउवाले भने, ‘नागरिकलाई नि: शुल्क खोप लगाउने व्यवस्था गरौं ।’

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण र खोप वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले बताए ।

‘प्रधानमन्त्रीज्यूले कोरोना नियन्त्रण र खोप वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । साथै सबै नागरिकले खोप लगाउन पाउने अवस्था होस् । कोरोना खोपमा कमी नहोस् भनेर प्रधानमन्त्रीले विशेष निर्देशन दिनुभयो,’ सचिव न्यौपानेले भने ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको पहिलो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोपका बारेमा अहिलेसम्मको अवस्थाका बारेमा प्रतिवेदन पेश गरेको थियो । प्रधानमन्त्री कार्यालयका सचिव न्यौपानका अनुसार स्वास्थ्य मन्त्रालयको तथ्यांकमा असोज मसान्तसम्म ३४ प्रतिशत नागरिकले कोरोना खोपको पहिलो डोज र २२ प्रतिशतले दुबै मात्रा लगाइसकेका छन् ।

त्यस्तै मन्त्रालयले कोरोना खोप खरिदका बारेमा पनि बैठकमा जानकारी गराएको थियो ।

अमेरिकाबाट एक लाख डोज फाइजर खोप नेपाल आइसकेको छ । अमेरिकाबाटै ४० लाख मोडर्ना, थप ४० लाख फाइजर र चीनबाट ४० लाख भेरासेल खोप आउन पाइपलाइनमा रहेको जानकारी स्वास्थ्य मन्त्रालयले गराएको छ । माल्दिभ्स, क्यानडालगायतका मुलुकबाट पनि नेपालमा कोरोना खोप आउने सरकारको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?