+
+

धिरज र अदितीको ‘बाबरी’को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १३:०४

चलचित्र ‘बाबरी’को छायांकन फेरि सुरु भएको छ । काठमाडौंमा गीतको छायांकन गर्दै चलचित्रको रोकिएको काम सुरु गरिएको निर्माणपक्षले बताएको छ । निषेधाज्ञा अगाडि करिब २ साता यो चलचित्रको छायांकन पूर्वका रमणीय स्थानमा भएको थियो । तर, कोरोना महामारी बढेसँगै चलचित्रको छायांकन रोकेर यसको निर्माणपक्ष काठमाडौं फर्किएको थियो ।

यो चलचित्रको एक गीत र केही दृश्यको छायांकन काठमाडौंमा गरिनेछ । यसपछि यसको निर्माणपक्ष तिहारलगतै बाँकी छायांकनका लागि दार्जिलिङ पुग्नेछ । चलचित्रको अधिकांश दृश्यको छायांकन दार्जिलिङ र सिक्किममा हुने निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

प्रेम कथामा निर्माण हुन लागेको यो चलचित्रमा नायक धिरज मगर, नायिका अदिती वुढाथोकीको साथमा कलाकार धिरज टोटलानीको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा नायिका तृप्ती नाडकरले पनि अभिनय गर्नेछिन् । निषेधाज्ञापछि केही चलचित्रको छायांकन सुरु गरिएको छ । केही दिन अगाडिबाट मात्रै चलचित्र ‘कबड्डी ४’को छायांकन मुस्ताङबाट सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?