+
+

प्रचण्डको आरोप खण्डन गर्दै ओलीले भने : बालुवाटारमा आफ्नै घरबाट भाँडाकुँडा लगेको थिएँ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १४:५०

१३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा करोडौंको बिलासिताका सामान खरिद गरेको आरोपको खण्डन गरेका छन् ।

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार चितवनमा आयोजित कार्यक्रममा ओली प्रधानमन्त्री हुँदा करोडौंको सामान खरिद भएको बताएका थिए । उनले भनेका थिए, ‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ । हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएर राखेका रहेछन् ।’

तर एमाले अध्यक्ष ओलीले त्यसको खण्डन गरे । शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले यो विरोधीहरुले लगाएको आरोप मात्र भएको बताए ।

‘प्रचण्डले चितवन गएर के भनेछन् भने मलाई डेढ लाखको खातमा सुत्यो भनेर उडाउँथे । केपी ओलीले करोडौंको किनेका रहेछन्,’ ओलीले भने, ‘मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे । आफ्नै घरबाट लगेको हुन्थे, के को किन्नु ?’

अघि भने, ‘प्रधानमन्त्रीको निवासमा सेना बस्छ, सेनाले खानु पर्यो होला, खान पकाउनु पर्यो होला । त्यहाँ ग्यास खर्च भयो होला । मेरो श्रीमतीले पकाएको यति (हातले थोरै संकेत गर्दै) खान खाएर बस्छु म । अनि करोडौंको भाँडाकुँडा चाहिँ के गर्नु ?’

एउटा रोटी र दुई गाँस भात खाएर बस्ने आफूलाई करोडौंको भाँडाकुँडा नचाहिने ओलीको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?