+
+

जलविद्युतमा लगानी गर्न सबैलाई स्वागत छ : प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १७:४०

१५ कात्तिक, लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युतजस्ता स्वच्छ ऊर्जामा लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताएका छन् ।

स्कटल्यान्डको ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप-२६) मा सहभागी हुन बेलायत आएका प्रधानमन्त्रीले लण्डनमा पत्रकारहरुसँगको कुराकानीमा नेपालमा वातावरणमैत्री जलविद्युत आयोजनामा लगानी उपयुक्त हुने बताएका हुन् ।

उनले गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्ता समक्ष निश्चिन्त भएर लगानी गर्न आह्वान पनि गरे । पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै जलविद्युतलगायतका स्वच्छ ऊर्जाको प्रयोग गरेर दिगो विकासमा टेवा पुर्‍याउनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।

‘इच्छुक लगानीकर्ताहरुका लागि नेपालमा लगानीको वातावरण अत्यन्तै राम्रो छ । जलविद्युतको उत्पादन तथा प्रयोग बढाउँदै अब ऊर्जाका लागि क्लिन इनर्जीको प्रयोग गर्नुपर्छ । इलेक्ट्रिक कारको प्रयोगलाई प्रोत्साहन गर्नेछौं, खाना पकाउनका लागि पनि ग्यासको सट्टा विजुलीकै प्रयोग गर्दै जानुपर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा हाइड्रोपावरमा लगानी गर्न सबैलाई स्वागत छ । एनआरएन वा विदेशी लगानीकर्ता जो आउनुभए पनि लगानीको सुरक्षाको सुनिश्चित गर्ने प्रतिवद्धता गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?