+
+

देउवाको निर्देशन : कांग्रेसलाई एक्लै बहुमत दिलाउन कम्मर कसेर लाग्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २४ गते १७:२०

२४ चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी मिहिनेत गर्न नेता कार्यकतालाई निर्देशन दिएका छन् ।

काठमाडौं–२ को क्षेत्रीय सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले कांग्रेसलाई एक्लै जित्न सक्ने र बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य भएको बताए ।

‘झन् एक भएर हामी सबै साथीहरु लाग्दै बहुमत ल्याउनका लागि प्रयास मात्रै होइन, कम्मर कसेर पूरा गर्नका लागि हार्दिक अनुरोध गर्दछु’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?