+
+
Shares

भारतमा बाढीपहिरोमा ६२ जनाको ज्यान गयो 

बाढीका कारण एक हजारभन्दा बढी घरमा क्षति पुगेको राज्य सरकारले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उत्तर प्रदेशमा तीन दिनदेखिको भारी वर्षापछि आएको बाढीमा कम्तीमा ६२ जनाको मृत्यु भएको छ र ४६ जना घाइते भएका छन्।
  • बाढीका कारण एक हजारभन्दा बढी घरमा क्षति पुगेको राज्य सरकारले जनाएको छ।
  • ओडिसामा पनि बाढी प्रभावित क्षेत्रबाट ७५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।

१२ असोज, लखनऊ (रासस/एपी) । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । बाढीका कारण एक हजारभन्दा बढी घरमा क्षति पुगेको राज्य सरकारले जनाएको छ ।

भारी वर्षाले राज्यका विभिन्न जिल्लामा बाढी आएपछि राजधानी लखनऊसहित केही क्षेत्रमा सोमबार विद्यालय बन्द गरिएको छ । उद्धार टोलीले बाढी प्रभावित क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सारिरहेका छन् । स्थानीय बासिन्दालाई जलमग्न क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा तीव्र गतिमा बग्ने नदी, खोला र नालाबाट टाढा रहन आग्रह गरिएको छ ।

लखनऊस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिंहका अनुसार बङ्गालको खाडीमा विकसित मौसम प्रणाली कमजोर हुँदै गएकाले सोमबारदेखि वर्षा कम हुने अपेक्षा गरिएको छ । उनका अनुसार मङ्गलबारसम्म राज्यका पूर्वी र पश्चिमी भागमा हल्का वर्षा भने जारी रहन सक्नेछ ।

बाढीको प्रभाव भारतको पूर्वी राज्य ओडिसामा पनि परेको छ । त्यहाँ ७५ हजारभन्दा बढी मानिसलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?