+
+

आलोचित भिडियोबारे हमाल भन्छन्- गुनासो छैन, पाठ सिकेको छु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १७:०१

नायक राजेश हमालले लकडाउनपछि दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनले अभिनय गरेका केही भिडियोले दर्शकबाट आलोचना पनि भोगेका थिए ।  दर्शकले ‘महानायक भएर पनि यस्तो भिडियो गर्ने हो’ भन्दै प्रश्न उठाएका थिए ।

तर, नायक हमाल भने आफूलाई ती भिडियोहरु नगरेको भए हुन्थ्यो भन्ने नलागेको बताउँछन् । उनले अनलाइनखबरको प्रश्नमा भने, ‘मैले आफूले नै सोचेर काम गरेको हुँ । यसैले कुनै काम असाध्यै रुचाइन्छ भने कुनै कम रुचाइन्छ । कुनैमा दर्शकले तारिफ गर्नुहुन्छ भने कुनैलाई स्वीकार गर्नुहुँदैन । आफूले गरेका सबै काम सोचेजस्तो नहुन पनि सक्छ ।’

हमालले अगाडि भने, ‘कहिलेकाही आफूले एउटा सोंचिन्छ, तर परिणाम अर्कै आइदिन्छ । यस्तो बेला दुःख पनि लाग्छ । त्यसबाट पाठ सिकेर आगामी दिनमा त्यस्ता निर्णय नलिने प्रयास गर्ने हो ।’

अर्को एक प्रसंगमा हमालले चलचित्र निर्देशन गर्ने कुरामा हतार नगरेको बताए । रमाइलो जवाफ दिँदै उनले भने, ‘अझै पनि उमेर छ । किन हतार गर्ने हैन र ? के थाहा भोलि सबै कुरा भगवानले एकैपटक दिन्छन् कि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?