+
+

साताका १० गीत : मायाप्रेमदेखि देउसी-भैलोसम्म

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते १७:३७

१९ कात्तिक, काठमाडौं । हरेक दिनजसो नयाँ-नयाँ गीतका म्युजिक भिडियो युट्युबमा सार्वजनिक हुन्छन् । चाडपर्व आउँदा त्यसैलाई केन्द्रित गरेर गीतसंगीत सार्वजनिक गर्ने गरिएको छ । गत साता तिहार केन्द्रित थुप्रै गीतहरु युट्युबमा सार्वजनिक भए । तिहार आइसकेको हुँदा यो साता भने तिहार केन्द्रित गीतहरु अलि कम देखिए ।

यो साता मायाप्रेमका गीतहरु बढी नै संख्यामा सार्वजनिक भए । अभिनेता राजेश हमालले गाएको पहिलो गीत सार्वजनिक भयो भने भिटेनको नयाँ गीत पनि यसै साता सार्वजनिक भयो । अन्य थुप्रै कलाकारहरुका गीत समेत युट्युबमा सार्वजनिक भए । गत शुक्रबारदेखि बिहीबारसम्म सार्वजनिक तीन दर्जन बढीमध्ये १० गीत यहाँ प्रस्तुत गरिएको छ ।

पल र पुष्पको अभिनयमा ‘डाँडै काटौंला’

अभिनेता पल शाह र पुष्प खड्काको अभिनय रहेको ‘डाँडै काटौंला’ बोलको गीतको म्युजिक भिडियो गत शनिबार सार्वजनिक गरिएको हो ।

दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा मेलिना राई र सुनिल कटुवालले स्वर दिएका छन् ।

गम्भीर विष्टको निर्देशनमा तयार भिडियोमा पल र पुष्पका साथमा सरोज खनाल, सुरवीर पण्डित, रुविशा श्रेष्ठ, एलिशा श्रेष्ठ लगायतको अभिनय छ ।

केन्द्र मोसन पिक्चर्सको प्रस्तुति रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् भने नवीन निरौलाले सम्पादन गरेका हुन् । मायाप्रेमको विषयमा यो गीत र भिडियो निर्माण गरिएको छ । भिडियोले शुक्रबार दिउँसोसम्म युट्युबमा ६ लाख ९१ हजार भ्यूज पाएको छ ।

भिटेनको ‘गल्ली सडक’

र्‍यापर समीर घिसिङ ‘भिटेन’ले गत शनिबार ‘गल्ली सडक’ बोलको गीत सार्वजनिक गरेका हुन् । यो गीतले शुक्रबारसम्म १७ लाख ३५ हजार भ्यूज बटुल्दै युट्युब ट्रेन्डिङको एक नम्बर स्थानमा पर्न सफल भएको छ । गीतमा उनकै शब्द, संगीत र स्वर रहेको छ । आफ्नो जीवनका विभिन्न घटनाहरुलाई उनले यो गीतमार्फत अभिव्यक्त गरेका छन् । भिडियोलाई भिटेन र जामेस लामाले निर्देशन गरेका हुन् भने सम्पादन पनि जामेसले नै गरेका हुन् ।

टंक बुढाथोकीको ‘देउसी रे’

गायक एवं संगीतकार टंक बुढाथोकीले गत सोमबार ‘देउसी रे’ गीत सार्वजनिक गरेका हुन् । आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोले राम्रो भ्युज बटुलेको छ । भिडियोलाई युट्युबमा शुक्रबार दिउँसोसम्म ६ लाख ५५ हजार बढी पटक हेरिएको छ । भिडियोमा टंक स्वयं देखिएका छन् ।

पल र पूजा अभिनित ‘मायाले मायाले’

हिमाल सागर र समीक्षा अधिकारीको स्वर रहेको ‘मायाले मायाले’ बोलको गीत गत सोमबार सार्वजनिक भएको हो । दीपकप्रसाद वलीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा विषम आचार्यको एरेञ्ज छ । गम्भीर विष्टको कोरियोग्राफी, विधान कार्कीद्वारा निर्देशित भिडियोमा पल शाह, पूजा शर्मा, जितु नेपालको अभिनय छ । गीतले मायाप्रेमको कथा बोलेको छ । उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन रहेको भिडियोले ४ लाख ७७ हजार बढी भ्युज पाएको छ ।

८ गायक-गायिकाको स्वरमा तिहार गीत

अमृता लुंगेलीको प्रस्तुतिमा गत शुक्रबार ‘देउसी-भैलो’ गीत सार्वजनिक गरिएको हो । राजकुमार बगरको शब्द, नेत्र भण्डारीको लय, कमल सौरागको एरेञ्ज रहेको गीतमा मिलन लामा, विमलराज क्षेत्री, नेत्र भण्डारी, उमा श्रेष्ठ, सुजाता केसी, रीतिका कुँवर, सावित्रा भुजेल र अमृता लुंगेली मगरको स्वर छ । उदिरम खड्काको निर्देशन रहेको यस देउसी-भैलो गीतमा गायक-गायिकाहरु स्वयं देखिएका छन् । भिडियोलाई विवेक खड्काले छायाँकन एवं सम्पादन गरेका हुन् ।

देउसी-भैलोको रमाइलोलाई प्रस्तुत गरिएको गीतले युट्युबमा ५ लाख २३ हजार बढी भ्युज पाएको छ ।

रचनादेखि चक्रसम्मको स्वरमा अनिताको तिहार गीत

गायिका अनिता चलाउनेले शनिबार ‘भैलेनी’ बोलको तिहार गीत सार्वजनिक गरेकी छन् । गीतमा उनीसँगै झण्डै एक दर्जन गायक-गायिकाहरुले स्वर दिएका छन् । उनीसँगै रचना रिमाल, एलिना चौहान, समीक्षा अधिकारी, एञ्जिला रेग्मी, मेलिना मैनाली, बुद्ध लामा, रवि ओड, चक्र बम, योगेश काजी र श्रीकृष्ण बम मल्लको स्वर गीतमा सुन्न सकिन्छ । श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत रहेको गीतलाई योगेश काजीले एरेञ्ज गरेका हुन् ।

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा गायक-गायिका स्वयंका साथमा स्मारिका ढकाल, समारिका ढकाल, एरोना मल्ल लगायतका कलाकारको अभिनय छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । गीत र भिडियोमा तिहारको उमंगलाई प्रस्तुत गरिएको छ । भिडियोलाई युट्युबमा ५ लाख ४८ हजार बढी पटक हेरिएको छ ।

राजेश हमालको स्वर रहेको पहिलो गीत

अभिनेता राजेश हमालको स्वर रहेको पहिलो गीत यो साता सार्वजनिक भयो । गत बुधबार उनले गाएको रोमान्टिक गीत ‘मन बुढो भएन’को भिडियो सार्वजनिक गरिएको हो । गीतमा दीपक शर्माको शब्द तथा संगीत, नरेन्द्र वियोगीको एरेञ्ज छ । गीतमा हमालका साथमा गायक सुवास पुरी तथा गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलको स्वर रहेको छ । देवेन्द्र पाण्डेले निर्देशन गरेको यस गीतको भिडियोमा हमालले मोडल रेश्मा घिमिरेसँग अभिनय गरेका छन् । उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । भिडियोले दुई दिनमा २ लाख ४६ हजार भ्युज पाएको छ ।

आशिष अविरलको ‘हाई मुरली’

‘हाई मुरली’ शीर्षकको मौलिक सोरठी भैलो गीत गत शुक्रबार सार्वजनिक गरिएको हो । बलबहादुर, राजकुमार र आशिषको शब्द रहेको गीतमा आशिष अविरल, वसन्त थापा, देवी घर्ती, इमान सैनला, जुना श्रीस मगर, तारा श्रीस मगर, समीक्षा अधिकारी, प्रकाश खप्तरी मगर, ईश्वर सिंह, रेशम निर्दोष, सुशीला पाठक, तेजस रेग्मी, अमृता नेपाली, अर्पणराज गिरी, अर्जुन परियार, मनोज परियारको स्वर छ ।

यम गुरुङको निर्देशनमा रहेको भिडियोमा दुर्गेश थापा, रीना थापा मगर, यम गुरुङ लगायतको अभिनय छ । भिडियोमा अजय रेग्मीको छायाँकन, प्रवीन भट्टको सम्पादन छ । भिडियोलाई एक सातामा १ लाख ९० हजार बढी पटक हेरिएको छ ।

देवेन्द्रको ‘मनमाया’

गायक, कलाकार एवं म्युजिक भिडियो निर्देशक देवेन्द्र बब्लुले गत शुक्रबार ‘मनमाया’ बोलको गीत सार्वजनिक गरेका छन् ।

पृथक खालका गीतहरु सार्वजनिक गर्दै आएका देवेन्द्रले यसपालि पनि फरक खालको गीत ल्याएका हुन् । गीतमा फरक उमेर समूहका युवा-युवतीबीचको प्रेमलाई प्रस्तुत गरिएको छ । देवेन्द्रकै शब्द र लय रहेको गीतमा उनी र देवी घर्तीले स्वर दिएका छन् ।

देवेन्द्रकै कथा एवं निर्देशनमा बनेको भिडियोमा देवेन्द्रसँगै पशुपति राईको अभिनय छ । अनिल के. मानन्धरको छायाँकन रहेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । भिडियोले युट्युबमा २ लाख ८५ हजार बढी भ्युज पाएको छ ।

मलिका र कुन्साङ अभिनित ‘तिम्ले देको गलबन्दी’

गत शुक्रबार मलिका महत र कुन्साङ बोम्जनको अभिनयमा ‘तिम्ले देको गलबन्दी’बोलको भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द राजनराज शिवाकोटी र विनोद बञ्जाराले लेखेका हुन् । गीतमा राजनराज सिवाकोटीकै संगीत र स्वर छ भने राजन ईशानले गीतलाई एरेञ्ज गरेका हुन् । राजेश पूमा राईले निर्देशन गरेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोले शुक्रबार दिउँसोसम्म युट्युबमा १ लाख ३२ हजार भ्युज पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?