+
+

‘सोसल मिडिया वार’को पक्षमा ओली, गलत लेखे कमेन्टबाटै सातो लिने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते १५:४५
फाइल तस्वीर

२१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सोसल मिडिया वार’ मा सामेल हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बनाएको ‘साइबर सेना’को चर्को आलोचना भइरहेका बेला ओलीले भने ‘सोसल मिडिया वार’मा सहभागी हुनुपर्ने बताए ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले आफ्नो अभिव्यक्तिको गलत प्रयोग गरेको भन्दै टेलिभिजनको आलोचना गरे । एक नेताले पदका लागि उपदो मच्चाएपछि आफूले अभिनयका साथ ‘मलाई त पदमै रस बस्यो, पद नभई भएन’ भन्छन् भनेर बोलेको, तर एउटा टेलिभिजनले मलाईं नभई हुँदैन’ भनेर देखाएर आफूलाई बद्नाम गर्न खोजेको उनले बताए ।

आफ्नो नेतृत्वको सरकार भएका बेला पनि टेलिभिजन, रेडियो, सामाजिक सञ्जाललाई प्रयोग गरेर भ्रम फैलाउने काम गरेको उनले बताए ।

आफ्नो कला, साहित्य, प्रचार माध्यम र सामाजिक सञ्जालमार्फत यस्ता भ्रमहरु चिर्नुपर्नेमा एमाले अध्यक्ष ओलीले जोड दिएका छन् ।

आफूहरु नभएको भए २०१७ साल आइसक्थ्यो भन्दै उनले अघि भने, ‘आज त हामीसँग हरेकसँग मोबाइल छ । कसैले गलत कुरा लेख्यो भने त्यसको तल भरमार कमेन्टले धुलो झर्ने गरी, फेरिदेखि त्यस्तो टिप्पणीहरु नगर्ने गरी त्यसको सातो लिन सक्छौं ।’

कसैले राम्रो लेखेको छ भने सकारात्मक टिप्पणी गरेर उत्साहित गर्नुपर्ने उनले बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘हामी पनि यस वारमा यथाशक्य सामेल हुनुपर्छ । हामी ठूलो संख्यामा छौं । ठूलो संख्यामा भएकाले हामी सरिक भयो भने कसैमा भ्रम पर्न जरुरी छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?