+
+

नेपालमा ‘सूर्यवंशी’को विकेन्ड कलेक्सन साढे २ करोडमाथि

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते ११:२८

बलिउड चलचित्र ‘सूयंवंशी’ले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । सरकारले देशभरका हल ५० प्रतिशत अकुपेन्सीमा सञ्चालन गर्न अनुमति दिएपनि शुक्रबार, शनिबार र आइतबार दर्शकको चाप उच्च देखिएको छ ।

चलचित्रका वितरक मनोज राठीका अनुसार चलचित्रले नेपाली बक्स अफिसमा तीन दिनमा साढे २ करोडमाथिको कलेक्सन गरेको छ । मनोजले भने, ‘सामान्य अवस्थामा रिलिज भएको भए यसले अझै राम्रो कलेक्सन गर्ने थियो । तर, अहिलेको परिस्थितिमा यो बम्पर ओपनिङ हो ।’

तर, दर्शकले प्रतीक्षा गरेका नेपाली चलचित्र अब आए भने बम्पर व्यापार गर्ने संकेत भने देखिएको उनको भनाइ छ । राठीका अनुसार चलचित्रको व्यापारमा मल्टिप्लेक्सको योगदान उच्च छ । उसो त अहिले देशभरका धेरै सिंगल हल बन्द भइसकेका छन् । काठमाडौं बाहिरभन्दा भित्रको व्यापार माथि भएपनि तुलानात्मक रुपमा खासै धेरै भिन्नता नरहेको राठीले बताए ।

राठीले नेपालबाट चलचित्रले चार करोडमाथिको ग्रस कलेक्सन गर्ने आशा व्यक्त गरे । रोहित सेट्ठीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षय कुमार, कट्रिना कैफ, अजय देगगण र रणवीर कपुरको मुख्य भूमिका छ । चलचित्रले भारतीय बक्स अफिसमा सोमबारसम्म ९० करोडको व्यापार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?