
२३ कात्तिक, धनगढी । नेकपा एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टले प्रदेश कमिटीको बैठक अवैध भन्दै उपाध्यक्ष भीम रावलले गरेको टिप्पणीमाथि प्रश्न उठाएका छन् ।
भट्टले पार्टीको केन्द्रीय र स्थायी कमिटी बैठकले गरेका निर्णयका आधारमा नै प्रदेश कमिटीको पूूर्ण बैठक राखिएको बताउँदै व्यक्तिगत स्वार्थ पूूरा भएन भन्दैमा अवैध भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।
बैठक सकिएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै भट्टले कुनै अमुुक व्यक्तिको स्वार्थ पूरा गर्ने पार्टीका निर्णय वैध र नभएमा अवैध हुने भन्ने कुुरा गलत भएको बताए ।
‘पार्टीले गरेका निर्णय कसैको स्वार्थ अनुुकुुल, व्यक्तिवादी, महत्वाकांक्षालाई पूूरा गर्ने भए सही हुने नभए अवैध हुने भन्ने हुुँदैन,’ भट्टले भने, ‘उहाँ (भीम रावल) सहभागी बैठकले गरेकै निर्णयका आधारमा प्रदेश कमिटीको बैठक बसेको कुरा उहाँलाई थाहै छ । कुनै मतभेद छ भने पार्टी कमिटीमा राख्दा हुुन्छ । बाहिर प्रचार गर्नु चरम अराजकता हो ।’
भट्टले अन्तर पार्टी निर्देशन (अपानि) बमोजिम र पार्टीको निर्णयकै आधारमा प्रदेश कमिटीको बैठक राखिएको बताए । उपाध्यक्ष रावलले मंगलबार बिहान ट्वीट गर्दै एमाले सुदूूरपश्चिम प्रदेश कमिटीको बैठकलाई अवैध र अपानि विपरीत भएको उल्लेख गरेका थिए ।
भट्टले प्रदेश कमिटीको बैठकबारे पत्र पठाइएको तथा स्वयं आफूूले पनि रावललाई सम्पर्क गरेर निमन्त्रणा गरेको तर आफू उपस्थित नहुने जानकारी गराएको समेत जनाएका छन् ।
प्रदेश कमिटीको पहिलो पूर्ण बैठकले रिक्त रहेका पदाधिकारीको पदपूर्ति गरेको छ भने सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी सदस्यसमेत मनोनयन गरेको एमालेले जनाएको छ ।
इन्चार्ज भट्टकाअनुसार प्रदेश कमिटीको उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्टलाई चयन गरेको छ । पदाधिकारी चयन गर्न बाँकी रहेका जिल्लामा पनि पूर्णता दिने निर्णय बैठकले गरेको छ ।
प्रदेशका ८८ मध्ये पाँच वटा पालिकामा अधिवेशन गर्न बाँकी रहेकाले प्रदेश कमिटीका सचिवको संयोजकत्वमा सहजीकरण समिति समेत गठन गरिएको एमालेले जनाएको छ ।
प्रतिक्रिया 4