+
+

बिटक्वाइनको मूल्यमा नयाँ कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १२:४०

सबैभन्दा महँगो डिजिटल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सोमबार बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च अर्थात् एक बिटक्वाइन बराबर ६७ हजार ६७३ डलर ७४ सेन्ट पुगेको छ । यसअघि बिटक्वाइनमो मूल्य प्रतिबिटक्वाइन ६७ हजार डलर पुगेको थियो ।

त्यस्तै दोश्रो महँगो क्रिप्टोकरेन्सी इथेरियमले पनि नयाँ कीर्तिमान कायम गरेको छ । सोमबार इथेरियमको मूल्य चार हजार ८२२ डलर ३६ सेन्ट पुगेको क्वाइनमार्केटक्यापले जनाएको छ ।

विश्व क्रिप्टोकरेन्सी बजारमा १३ हजारभन्दा धेरै क्रिप्टोकरेन्सी सूचीकृत भए पनि बिटक्वाइनले सुरुदेखि नै आधिपत्य कायम गर्दै आएको छ ।

जेपी मोर्गान चेज कम्पनीका सीईओ जेमी डिमोनले बिटक्वाइनलाई मूल्यहीन भने पनि लगानीकर्ताहरूले बिटक्वाइनको मूल्य अझै बढ्ने प्रक्षेपण गरेका छन् ।

सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?