+
+

संसदमा रचनात्मकता प्रदर्शन गर्ने वातावरण बनिराखेको छैन : सभामुख सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १७:४६

२६ कात्तिक, काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संसदमा रचनात्मक रुपमा प्रदर्शन गर्ने वातावरण नबनेको बताएका छन् ।

धुलिखेलमा संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘ट्रम्पको पालामा अमेरिकाको डेमोक्रेसी डिलबाट ढल्न लागिसकेको थियो । तर सिस्टमले बचायो । तर हामीसँग सिस्टम छैन । सिस्टम बनाउने क्रममा छौं । नेपाली जनताको सन्तुलित भूमिकाले अहिलेको स्थितिमा छौं । सिस्टम बसेको भए यति हुँदैनथ्यो। सिस्टम बसाल्ने प्रयास गरिरहेका छौं ।’

सापकोटाले ओलीको नाम नलिई दुई पटकको संसद विघटनलाई लोकतान्त्रिक प्रणाली भत्काउन खाजेको प्रयासका रूपमा अर्थ्याए । यसमा उनले ट्रम्पको उदाहरण दिएका हुन्।

५ पुस (प्रतिनिधिसभा विघटन) देखि २८ असार (दोस्रो पटक संसद पुनर्स्थापना) सम्मका दिन आफ्ना लागि सिक्ने विश्वविद्यालय भएको उनले बताए ।

उनले भने, ‘पाठ सिक्नु महत्वपूर्ण छ । धेरै सामग्री प्राप्त भएको भोलि दर्शन र इतिहासका विद्यार्थीलाई रोचक हुनेछ ।’

सभामुख सापकोटाले संसद पुनर्स्थापनापछि पनि काम गर्ने वातावरण नपाएको गुनासो गरे ।

उनले भने, ‘…र मैले पनि संसदमा रचनात्मकता पर्दर्शन गर्न सकेको छैन, त्यो गर्ने वातावरण पाएको छैन । बाताबरण बनाउन कति सकिन्छ समन्वयात्मक भूमिका खेल्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?