+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

संसदमा रचनात्मकता प्रदर्शन गर्ने वातावरण बनिराखेको छैन : सभामुख सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १७:४६

२६ कात्तिक, काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संसदमा रचनात्मक रुपमा प्रदर्शन गर्ने वातावरण नबनेको बताएका छन् ।

धुलिखेलमा संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘ट्रम्पको पालामा अमेरिकाको डेमोक्रेसी डिलबाट ढल्न लागिसकेको थियो । तर सिस्टमले बचायो । तर हामीसँग सिस्टम छैन । सिस्टम बनाउने क्रममा छौं । नेपाली जनताको सन्तुलित भूमिकाले अहिलेको स्थितिमा छौं । सिस्टम बसेको भए यति हुँदैनथ्यो। सिस्टम बसाल्ने प्रयास गरिरहेका छौं ।’

सापकोटाले ओलीको नाम नलिई दुई पटकको संसद विघटनलाई लोकतान्त्रिक प्रणाली भत्काउन खाजेको प्रयासका रूपमा अर्थ्याए । यसमा उनले ट्रम्पको उदाहरण दिएका हुन्।

५ पुस (प्रतिनिधिसभा विघटन) देखि २८ असार (दोस्रो पटक संसद पुनर्स्थापना) सम्मका दिन आफ्ना लागि सिक्ने विश्वविद्यालय भएको उनले बताए ।

उनले भने, ‘पाठ सिक्नु महत्वपूर्ण छ । धेरै सामग्री प्राप्त भएको भोलि दर्शन र इतिहासका विद्यार्थीलाई रोचक हुनेछ ।’

सभामुख सापकोटाले संसद पुनर्स्थापनापछि पनि काम गर्ने वातावरण नपाएको गुनासो गरे ।

उनले भने, ‘…र मैले पनि संसदमा रचनात्मकता पर्दर्शन गर्न सकेको छैन, त्यो गर्ने वातावरण पाएको छैन । बाताबरण बनाउन कति सकिन्छ समन्वयात्मक भूमिका खेल्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?