काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले आज शनिबार बिहान उरुग्वेलाई १-० ले पराजित गरेको छ ।
अर्जेन्टिनाको जितमा एन्जल डि मारियाले निर्णायक गोल गरे । डि मारियाले खेलको सातौं मिनेटमै पाउलो डिबलाको पासमा गरेको गोल निर्णायक बनेको थियो ।
जितपछि अर्जेन्टिना १२ खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ । उरुग्वे १६ अंकसहित छैटौं स्थानमा छ ।
दक्षिण अमेरिकाबाट ब्राजिल विश्वकपका लागि छनोट भइसकेको छ ।
प्रतिक्रिया 4