+
+

प्रेस संगठन नेपालको पदाधिकारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १४:५४

२७ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको पदाधिकारी घोषणा गरिएको छ । बानेश्वरमा आयोजित राष्ट्रिय भेलाबाट पदाधिकारी घोषणा गरिएको हो ।

शम्भु श्रेष्ठको अध्यक्षतामा २० पदाधिकारी रहेको केन्द्रीय कमिटी घोषणा गरिएको छ । महासचिव भुपराज खड्का र कोषाध्यक्ष कृष्णराज गौतम चयन भएका छन् । समितिमा १२ उपाध्यक्ष, दुई उपमहासचिव र चार सचिव छन् ।

समाजवादी प्रेस संगठन बन्नुअगाडि प्रेस चौतारीको पदाधिकारीमा रहेका विश्वमणि सुवेदी, नरेन्द्र साउद, रामकुमार एलन लगायत भने पदाधिकारीमा छैनन् । प्रेस चौतारीमा सुवेदी र साउद उपाध्यक्ष थिए भने एलन उपमहासचिव थिए । पदाधिकारी चयनप्रति असन्तुष्टि उनीहरु केन्द्रीय कमिटीमा मात्रै बसेका छन् ।

हेर्नुहोस् पदाधिकारीको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?