+
+

प्रेस चौतारीबाट एमाले महाधिवेशन ५ प्रतिनिधि चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १६:४७

२७ कात्तिक, काठमाडौं । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालबाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि पाँच जना प्रतिनिधि चयन भएका छन् ।

अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष टीका विष्टसहित गगन विष्ट, राजेन्द्र अर्याल र निर्मला शर्मा चयन भएका छन् । गगन विष्ट र अर्याल चौतारीका पूर्व अध्यक्ष हुन् । शर्मा भने गएको चैतमा सम्पन्न नेपाल पत्रकार महासंघ निर्वाचनमा अध्यक्षको उम्मेदवार थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?