+
+

बारामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १२:०३

२८ कात्तिक, वीरगञ्ज। बारामा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा कोल्हबी न.पा.१ कोल्हबी टोल बस्ने २० बर्षीय सागर चौधरी र १९ बर्षीय शुशिल चौधरीको मृत्यु भएको हो ।

राति साढे ८ बजे बारा कोल्हबी नगरपालिका-१ चौकमा कोल्हबीबाट श्रीपुर तर्फ जाँदै गरेको ना. ४२ प ८०२३ न.को मोटरसाईकल अनियन्त्रित बटौलिया स्वास्थ्य चौकी भवनमा ठोक्किएको थियो ।

दुर्घटनामा कोल्हबी न.पा.१ कोल्हबी टोल बस्ने २० बर्षीय सागर चौधरी, १९ बर्षीय शुशिल चौधरी र कोल्हवी-९ बस्ने २० बर्षीय अशोक चौधरी गम्भिर घाईते भएका थिए ।

उनीहरूलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पताल पठाइएको थियो । टाउकोमा गम्भीर चोट लागेका उनीहरूको उपचारको क्रममा मृत्यु भएको र अशोकको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायभ उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

शनिबार सवारी दुर्घटनाका घाइते कलैया उपमहानगरपालिका-९ बस्ने ४५ वर्षीय रामबालक मण्डलको पनि मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?