+
+

राप्रपाको सुदूरपश्चिम अध्यक्षमा जोशी चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते २०:२०

२८ कात्तिक, धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा धर्मराज जोशी चयन भएका छन् ।

आइतबार धनगढीमा आयोजना गरिएको प्रदेश अधिवेशनबाट जोशीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य पूर्णबहादुर चन्दका अनुसार अध्यक्षका अर्का आकांक्षी गणेशबहादुर चन्दको अध्यक्षतामा ७ सदस्यीय विशेष समिति पनि गठन गरिएको छ ।

विशेष समिति र २५ सदस्यीय कार्यसमितिले आपसी सहमतिका आधारमा प्रदेश कमिटिका पदाधिकारी चयन गर्ने चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?