+
+

प्रशंसा र सुनिरा पहिलो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते ६:००

२ मंसिर, काठमाडौं । नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडी काठमाडौं/एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गर्ल्स डबल्समा बुधबार पहिलो भएका छन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा उक्त जोडीले नेपालकै जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीलाई ६–२ र ६–० सोझो सेटमा सहजै पराजित गरे ।

त्यसै स्पर्धाको ब्वाइजमा नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठको जोडी नेपालका बोरिस अधिकारी र निशाद जोशीको जोडीलाई ४–६, ६–३ र १०–२ को सेटमा हराउँदै फाइनलमा प्रवेश गर्यो।

सुनिरा गर्ल्स सिंगल्समा पनि फाइनलमा पुग्न सफल भइन् । सुनिराले नेपालकी शिभाली गुरुङमाथि ६–२ र ६–३ को जित दर्ता गरिन् । सोही स्पर्धामा नेपालकी इभा अधिकारीले समृद्धि महर्जनलाई ४–६, ६–२ र ६–४ को सेटमा निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबुले नेपालका निश्चल कायश्थलाई ४–६, ६–३ र ७–५, नेपालका दर्शिल श्रेष्ठले नेपालका वृजेश अर्याललाई ४–६, ६–२ र ६–१ तथा नेपालकै सक्षमविक्रम शाहले भारतका अमिर मुहम्मद खान मजारीलाई ६–४, ३–६ र ६–२ को सेटमा पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?