+
+

गोरखाका नेवार समुदायले मनाए मकै सुकाउने पर्व

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते ७:१६

३ मंसिर, गोरखा । जिल्लाका नेवार समुदायले मकै सुकाउने पर्व सामूहिक रुपमा मनाएका छन् । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समिति गोरखाको पहलमा बिहीवार राति जुनको प्रकाशमा अन्न सुकाएर पर्व मनाइएको हो ।

‘ठूलो आँगनमा जम्मा भएर घरघरबाट ल्याएको अन्न जुनको प्रकाश देखिने गरी सुकायौं’ समिति अध्यक्ष सुरेशमान श्रेष्ठले भने, ‘केही घण्टा सुकाएपछि सबैले प्रसाद स्वरुप बाँडेर खायौं ।’

भुटेको मकै, भटमास, केराउ, चना, बदाम, जुनेलो, रोटी, पिडालु, सखरखण्डालगायतका खाद्यान्न सुकाइएको उनले बताए ।

कात्तिक शुक्ल पूणिर्माका दिन १२ वटा चन्ऽमा एकै ठाउँमा उदाउने र चन्ऽमाको प्रकाशबाट अमृत वर्षा हुने धार्मिक विश्वास रहेको जेष्ठ नागरिक मोहनलाल श्रेष्ठ बताउँछन् ।

उनका अनुसार पूणिर्माको दिन जुनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र पाचन प्रणाली बलियो हुने विश्वाससमेत रहेको छ । ‘पहिले घरघरमा अन्न सुकाएर मनाउथे, पछि टोलटोलमा हुन थाल्यो, २०७६ सालबाट सामूहिक रुपमा मनाउन थालेका छौं,’ उनले भने ।

लोप हुन लागेको परम्परा जर्गेनाका लागी पनि सामूहिक रुपमा पर्व मनाउन थालिएको नेवार समूदायको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?