+

पहिलो खेल भएकाले अनुभवको कमी भयो : प्रशिक्षक केसी

२०७८ मंसिर  ३ गते २१:३३ २०७८ मंसिर ३ गते २१:३३
पहिलो खेल भएकाले अनुभवको कमी भयो : प्रशिक्षक केसी

काठमाडौं । सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

ए डिभजनका अनुभवी प्रशिक्षक र खेलाडी भएपनि लिगको पहिलो खेलमै सातदोबाटोले गोल गर्न नसक्दा जितबाट बन्चित भयो ।

यसअघि थ्री स्टार लगायत टिम हेरिसकेका प्रशिक्षक मेघराज केसी, लिगको पहिलो खेल भएकाले टिममा अनुभवको कमी देखिएको बताउँछन् ।

मैदानमा गरेको प्रदर्शनको आधारमा विजेता हुनुपर्ने भएपनि पाएको अवसर सदुपयोग गर्न नसकेको बताए । ‘हामी ३ अंकका लागि आएका थियौँ । खाली हात त भएनौँ । पहिलो पटक ए डिभजनको सुरुवात चाँही केही न केही पायौं,’ उनी भन्छन्, ‘प्रदर्शन हेर्दा हामी ३ अंक पाउनुपर्ने थियो ।’

उनले अबका खेलमा सुधार गर्दै राम्रो खेल्ने बताए । उनले भने, ‘खेलाडीहरूले पूरा स्ट्रेन्थ देखाउन नसक्दा अंक बाँड्नुपर्‍यो ।अर्को खेलबाट कमब्याक गराउन सकियो भने टिमलाई खासै फरक नपर्ला ।’

यस्तै फ्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्र भने पहिलो खेलको नतिजा सन्तोषजनक नै रहेको बताए । पहिलो हाफमा राम्रो नभएपनि दोस्रो हाफमा सुधार भएको भन्दै उनले भने, हार भएन । त्यसमा सन्तोष नै छ ।’

 

सातदोबाटो युथ क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय