+
+

साल्ट ट्रेडिङको मूनाफामा भारी गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते ११:१०

५ मंसिर, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (एसटीसी) को मूनाफामा भारी गिरावट आएको छ । एसटीसीले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खुद नाफा गत वर्ष यसै अवधिको तुलनामा करिब ६५ प्रतिशले घटेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४८ लाख ८५ हजार रुपैयाँ नाफा गरेको छ । यो अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा ६४ दशमलव ९४ प्रतिशतले कमी हो । गत वर्षको यो अवधिमा१ करोड ३९ लाख ३५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको कुल आम्दानी भने गत वर्षभन्दा यसवर्ष १६ प्रतिशत कम भएको छ । गत वर्ष २६ करोड ७८ लाख ३५ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले यस वर्ष २२ करोड ४७ लाख ५० हजार रुपैयाँ यो आम्दानी गरेको हो ।

कम्पनीको वाषिर्क प्रतिशेयर आम्दानी ८ दशमलव ४८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ४४९ दशमलव दशमलव ६४ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?