+
+

आजसम्म कायम सेयरधनीले साल्ट ट्रेडिङको बोनस पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते ९:३२

८ चैत, काठमाडौं । आज बिहीबारसम्म कायम सेयरधनीले मात्रै साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर पाउने भएका छन् । लगानीकर्ताका लागि कम्पनीले घोषणा गरेको १५ प्रतिशत बोनस सेयर पाउनका लागि बिहीबारसम्म सेयर खरिद गरेको वा होल्ड गरेको हुनुपर्नेछ ।

बोनसका अलवा आजसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन हकदार हुनेछन् । कम्पनीले साधारणसभा प्रयोजनका लागि शुक्रबारदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने एक सूचनामार्फत जानकारी गराएको छ ।

चैत २३ गते त्रिभूवन आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारणसभा बस्दैछ । सो सभाले हालको चुक्ता पूँजीको १५ प्रतिशतले हुने बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?