+
+
Shares

सरकारसँग सवा लाख टन रासायनिक मल, २ लाख १८ हजार टन आउँदै

कृषि सामग्री कम्पनीको ४४ हजार ६ सय ३८ टन र साल्ट ट्रेडिङ कर्पोरेसनको २४ हजार ३ सय ३२ टन युरिया आपूर्ति चरणमा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को ९ कात्तिकसम्म २ लाख १८ हजार ३२ टन रासायनिक मल आपूर्ति चरणमा रहेको छ।
  • कृषि सामग्री कम्पनीले १ लाख ३३ हजार १ सय ८० टन र साल्ट ट्रेडिङ कर्पोरेसनले ८४ हजार ८ सय ५२ टन रासायनिक मल आपूर्ति गरेको छ।
  • सरकारले रासायनिक मल आयातका लागि २८ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ र ६ लाख मेट्रिक टन आयात गर्ने लक्ष्य राखेको छ।

१२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ कात्तिकसम्म २ लाख १८ हजार ३२ टन रासायनिक मल आपूर्ति चरणमा रहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कृषि सामग्री कम्पनीको ४४ हजार ६ सय ३८ टन र साल्ट ट्रेडिङ कर्पोरेसनको २४ हजार ३ सय ३२ टन युरिया आपूर्ति चरणमा छ ।

कृषि सामग्रीले युरिया, डीएपी समेत गरी कुल १ लाख ३३ हजार १ सय ८० टन र साल्ट ट्रेडिङले युरिया, डीएपी र पोटास समेत कुल ८४ हजार ८ सय ५२ टन बराबर आपूर्ति गरेका छन् ।

मन्त्रालयका अनुसार हाल १ लाख २० हजार ९२ टन मल भने मौज्दात छ । त्यसमा कृषि सामग्री कम्पनीमा डीएपी, युरिया, पोटास गरी कुल ७१ हजार ३ सय ५८ टन र साल्ट्र ट्रेडिङमा ४८ हजार ७ सय ३३ टन बराबर रासायनिक मल मौज्दात छ ।

मन्त्रालयका अनुसार हिउँदे खेतीलाई पर्याप्त मात्रामा रासायनिक मल मौज्दात छ । गत साउनदेखि ९ कात्तिकसम्म १ लाख ४४ हजार ४ सय ९८ टन मल बिक्री भएको छ ।

चालु आर्थिक वर्षका लागि जम्मा ६ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म ४ लाख ७१ हजार ३ सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान भएको छ ।

रासायनिक मल आयातका लागि सरकारले २८ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?