+
+

साल्ट ट्रेडिङ कर्पोरेसनले घोषणा गर्‍यो बोनस सेयर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १०:१७

२६ पुस, काठमाडौं । सेयरधनीका लागि साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी)ले बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले सञ्चित नाफाबाट १५ प्रतिशत बोनस सेयर र सोमा कर प्रयोजनार्थ लाग्ने ०.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

सो लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

कम्पनीले गत आर्थिक वर्ष ५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिएको थियो भने अघिल्लो वर्ष १० प्रतिशत बोनस सेयर दिएको थियो । बुधबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ हजार ४ सय रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?