+
+

मूल्यवृद्धिको विरोधमा विद्यार्थीले पकाए सडकमै खाना

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते २०:४६

५ मंसिर, काठमाडौं । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतका पछिल्लो समय भइरहेको समग्र मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरुले सडकमै खाना पकाएर खाएका छन् ।

अखिल क्रान्तिकारी रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस कमिटीले आइतबार क्यापसअगाडि सडकमै खाना पकाएर खाई विरोध प्रदर्शन गरेका हुन् ।

अखिल क्रान्तिकारी आरआर क्याम्पसकी उपाध्यक्ष सोनी भट्टराईले मूल्य वृद्धि रोक्नतर्फ सरकारको ध्यान जाओस् भनेर फरक शैलीमा विरोध प्रदर्शन गरिएको बताइन् ।

इन्धनको लगातार मूल्य वृद्धि गरिहरेको निगमले पछिल्लो समय खाना पकाउने ग्यासको समेत एकै पटक ७५ रुपैयाँ प्रति सिलिण्डर मूल्य वृद्धि गरेको छ । यसको विरुद्धमा विद्यार्थी संघ–संगठनहरुले निरनतर विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?