+
+

प्रधानन्यायाधीश पदमुक्त गर्न नेपाल बारले माग्यो सभामुखसँग सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १४:२७

६ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनका लागि सहयोग गर्न आग्रह गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर नेपाल बारका पदाधिकारीहरुले जबरालाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताएका हुन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले सडकको दबाबका भरमा राजीनामा दिन्न भनेकाले आफूहरु सभामुखसमक्ष आएको बताए ।

महासचिव लीलालमणि पौडेलले प्रधानन्यायाधीश जबराले संसदीय सुनुवाइका क्रममा गरेका प्रतिवद्धता पूरा नगरेकाले उनलाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताए । प्रधानन्यायाधीश जबराले संवैधानिक जिम्मेवारीलाई निजी सम्पत्तिसरह दुरुपयोग गरेको आरोप लगाए ।

जबरासँग संवैधानिक र कानुनी दायित्व पूरा गर्न सक्ने क्षमता नभएको पनि बारले आरोप लगाएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले झण्डै एक महिनादेखि सर्वोच्च अदालत परिसरमा धर्ना र प्रदर्शन गर्दै आएको छ ।

तर आफूहरुको पहलले मत्र जबराले राजीनामा नदिएको भन्दै बारले संसदको सहयोग खाजेको हो ।

सभामुख सापकोटाले भने : मैले खेल्नुपर्ने भूमिका खेल्नेछु

नेपाल बार एशोसिएसनका प्रतिनिधिसँगको छलफलमा सभामुख सापकोटाले कानुन व्यवसायीले गरिरहेको आन्दोलनमा आफ्नो ध्यानाकर्षण भएको र यो विषयमा आफूले खेल्नुपर्ने भूमिका खेल्ने बताए ।

उनले आफू निष्पक्ष भूमिका निर्वाह गर्ने भन्दै आफ्नो निष्पक्षता र तटस्थता मुलुकका लागि प्रयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?