+
+

बुल्गेरियामा गुडिरहेको बसमा आगो लाग्दा ४६ यात्रुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १२:०७
Photo Credit : Stoyan Nenov/Reuters

७ मंसिर, काठमाडौं । बुल्गेरियाको एक सडकमा गुडिरहेको बसमा आगो लागेर दुर्घटना हुँदा कम्तिमा ४६ जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश उत्तरी म्यासेडोनियाका पर्यटक रहेको त्यहाँका अधिकारीले बताएका छन् ।

बुल्गेरियाको राजधानी सोफियाबाट ५४ किलोमिटर टाढा रहेको स्ट्रुमा हाइवेमा गुडिरहेका बेला राति २ बजे बसमा आगो लागेको र लगत्तै बस पल्टिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा बालबालिका समेत छन् । बुल्गेरियाको आन्तरिक मामिला मन्त्रालयको सुरक्षा विभागका प्रमुख निकोलाई निकोलोभले जलेर गम्भीर घाइते भएका ७ जनालाई अस्पताल लगिएको बीटीभीलाई बताए ।

दुर्घटनामा परेको बसमा ५३ यात्रु सवार थिए । उत्तरी म्यासेडोनियाका विदेशमन्त्री बुजार ओस्मानीका अनुसार टर्कीको इस्तानबुलमा विदा मनाएर राजधानी स्कोप्जेतर्फ फर्किने क्रममा पर्यटक बोकेको बस आगो लागेर पल्टिएको थियो ।

सोफियास्थित उत्तरी म्यासेडोनियाको दूतावासले दुर्घटनामा ज्यान गुमाउनेहरू आफ्ना नागरिक रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?