+
+

हिन्दी र अंग्रेजी चलचित्रको चेपुवामा ‘चपली हाइट ३’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १३:१०

८ मंसिर, काठमाडौं । चलचित्र ‘चपली हाइट ३’ पुस २ गतेदेखि प्रदर्शन हुँदैछ । निर्माता अर्जुन कुमारदेखि नायिका स्वस्तिमा खड्काले आफूहरुले जोखिम मोलेर चलचित्र रिलिज गर्न लागेको बताउँदै आएका छन् ।

तर, यो मितिमा अब यो चलचित्रले सोेलो रिलिजको अवसर भने पाउने छैन । किनकि, पुस २ गते हिन्दी र अंग्रेजी चलचित्र पनि रिलिज हुँदैछन् ।

हलिउडको बहुप्रतीक्षित चलचित्र ‘स्पाइडर म्यान’ यही मितिमा रिलिज हुँदैछ । यो चलचित्रको ट्रेलरलाई दर्शकले निक्कै रुचाएका छन् । यसकारण पनि हलमा ‘स्पाइडर म्यान’ले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

अर्कोतिर साउथ इण्डियन चलचित्र ‘पुष्पा’सँग पनि ‘चपली हाइट ३’ ले भिडन्त गर्नुपर्ने अवस्था आएको छ । नेपाली वितरकले यो चलचित्रलाई समेत नेपालमा रिलिज गर्ने अधिकार लिएपछि ‘चपली हाइट ३’लाई समस्या पर्ने देखिएको हो ।

अल्लु अर्जुन र रश्मीका मन्दन्नाको मुख्य भूमिका रहेको ‘पुष्पा’ले पनि बक्स अफिसमा राम्रै व्यापार गर्ने अपेक्षा गरिएको छ ।

यी तीन चलचित्र रिलिज भएको एक साता नबित्दै ‘८३’ नामक हिन्दी चलचित्र रिलिज हुनेछ । यो चलचित्रमा रणवीर सिंहको मुख्य भूमिका छ । यस्तै, डिसेम्बर २५ मा हलिउड चलचित्र पनि नेपाली बजारमा आउनेछ ।

यसैले ‘चपली हाइट ३’ हिन्दी र हलिउड चलचित्रको चेपुवामा पर्ने खतरा बढेको छ । निर्माता अर्जुन कुमार आफूलाई शुरुमा सबैले सहयोेग गर्ने बताएपनि अहिले सबैले साथ छाडेको भन्दै गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?