
९ मंसिर, काठमाडौं । पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी गरिएको छ । अर्थमन्त्रालयले नयाँ प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न अहिलेको प्रक्रिया रद्द गर्ने तयारी गरेको हो ।
बोर्ड अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित विषय हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गर्नुपर्ने व्यवस्था छ । आयोगको यो विषय हेर्ने सदस्य रामकुमार फुँयाल थिए । तर आयोगका उपाध्यक्षले आफैं संयोजक बन्न आयोगको प्रतिनिधि बनेका थिए ।
सदस्यलाई पठाउनु पर्ने ठाउँमा पुँजी बजार हेर्ने कार्यक्षेत्र समेत आफैंले राखेर उपाध्यक्ष पौडेल नै संयोजक बनेपछि शुरुदेखि नै विवाद भएको थियो । अर्थमन्त्रालय स्रोतका अनुसार उपाध्यक्ष पौडेलको संयोजकत्वमा बनेको समितिले सिफारिस गर्दा विवाद हुने देखिएपछि नयाँ समिति गठन गर्न अहिलेको प्रक्रिया रद्द गर्ने तयारी गरिएको हो ।
यसअघि मन्त्रालयस्तरबाटै समिति बनेको थियो । अब भने मन्त्रिपरिषद् बैठकबाटै नयाँ छनोट समिति बनाउने मन्त्रालय स्रोतले बताएको छ ।
प्रतिक्रिया 4