
९ मंसिर, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र सञ्चालन हुने स्थान सौराहामा विभिन्न चित्रकला बनाइएको छ ।
सौराहाको होटल सेभेन स्टार जाने सडकको दायाँबाँयाको पर्खालमा समृद्धि झल्किने गरी चित्रकला बनाइएको छ ।
यहाँ चित्रकला बनाउन विद्यार्थीहरुको प्रतियोगिता नै सञ्चालन गरिएको छ । समृद्ध नेपाल सुखी नेपाली शीर्षकको बाल चित्रकला प्रतियोगितामा ५७ जना विद्यार्थीले भाग लिएका छन् ।
त्यस्तै नेकपा एमालेको महाधिवेशन स्थल सौराहामा विभिन्न जनावरको चित्र पनि बनाइएको छ । रत्ननगर नगरपालिका र जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा चितवनमा पाइने हात्ती, गैंडा, बाघ जस्ता जनावर र सर्प, गोही, चराहरुको चित्र बनाइएको छ ।
देशभरिका एमाले कार्यकर्ता चितवन आएका बेला सौराहाको प्रचार गर्न चित्र बनाइएको रत्ननगर नगरपालिकाले जनाएको छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4