+
+

हामीले कसैलाई अभद्र व्यवहार गरेका छैनौं : अमात्य

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते ११:०४
मदन अमात्य । फाइल तस्वीर

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका ललितपुर जिल्ला सभापति मदन अमात्यले आफू र आफ्नो समूहले कसैमाथि अभद्र व्यवहार नगरेको बताएका छन् ।

ललितपुर जिल्ला अधिवेशनमा उदय शम्सेर राणामाथि अमात्य पक्षका कार्यकर्ताहरुले अभद्र व्यवहार गरेको आरोप लागेका बेला अमात्यले त्यसको खण्डन गरेका हुन् ।

अमात्यले आफूहरुले कसैमाथि अभद्र व्यवहार नगरेको बरु प्रहरीले आफूहरुमाथि दुर्व्यवहार गर्न खोजेको आरोप लगाए । उदयशमसेर अधिवेशनको भित्री घेरा डोरी भित्रै पसेको तर आफू नजिकै उभिदा समेत प्रहरीले छातीमा समातेर बाहिर निकाल्न खोजेको उनले बताए । ‘मलाई निकाल्ने भए उदयशम्सेरलाई पनि निकाल्नु भनेको हो अरु केही भएको होइन,’ उनले अनलाइनखबरसँग भने ।

चुनाव हार्ने डरले राणा पक्षहरु आत्तिएको उनको भनाइ छ । जिल्ला अधिवेशनमा लफडा गराउनकै लागि ललितपुर प्रहरी प्रमुखको सरुवा गरिएको जिकिरसमेत उनले गरे ।

ललितपुरको तत्कालीन प्रहरी प्रमुख किरण बज्राचार्यलाई प्रहरी मुख्यालय नक्शालमा तानेर एसएसपी यज्ञविनोद पोखरेललाई ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?