+
+

लुम्बिनी प्रदेश र ललितपुर जिल्लाका प्रहरी प्रमुख फेरिए

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते ८:५०

५ मंसिर, काठमाडौं । लुम्बिनी प्रदेश र ललितपुर प्रहरी प्रमुखको सरुवा भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्य र ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यको सरुवा भएको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले पुष्टि गरे ।

बेला-बेला विवादमा मुछिने गरेका डीआईजी आचार्य लागूऔषध नियन्त्रण व्यूरोमा तानिएका छन् । प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालयमा रहेका प्रकाश अधिकारीलाई लुम्बिनी प्रदेशको प्रहरी प्रमुख बनाएर पठाइएको छ । प्रवन्ध निर्देशनालयको जिम्मा भने बसन्त लामालाई दिइएको छ ।

ललितपुर प्रहरी प्रमुख बज्राचार्यलाई प्रहरी मुख्यालय नक्शालमा तानिएको छ । एसएसपी यज्ञविनोद पोखरेललाई ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । पोखरेल प्रहरी प्रधान कार्यालय नक्शालमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?