News Summary
Generated by OK AI. Editorially reviewed.- बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसी लुम्बिनी प्रदेशको वर्षकै उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन्।
- प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८३ मा उनलाई पुरस्कारसहित सम्मान गरिएको छ।
- जिसीले जिल्लामा अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षामा उत्कृष्ट भूमिका निर्वाह गरेकाले सो सम्मान प्रदान गरिएको हो।
१६ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् ।
प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ को अवसरमा एसपी जिसी वर्षकै उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका हुन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यसवर्षदेखि गरेको बेस्ट इन्भेस्टिकेसन सोकेसमा जिल्लाहरूले आफ्नो उत्कृष्ट अनुसन्धान प्रस्तुत गरेका थिए ।
ती मध्ये बाँकेका एसपी जिसी सर्वोत्कृष्ट घोषित भएका हुन् । उनलाई पुरस्कारसहित सम्मान गरिएको छ ।
जिसीले बाँकेको कमाण्ड सम्हालेपछि अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा जस्ता कामहरूमा उत्कृष्ट भूमिका निर्वाह गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4