News Summary
Generated by OK AI. Editorially reviewed.- कामना सेवा विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिने बीपीए २०२५ अन्तर्गत वित्तीय सेवा क्षेत्रमा गोल्ड अवार्ड प्राप्त गरेको छ ।
- बैंकले वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय प्रतिवेदन प्रस्तुतिमा निरन्तर उत्कृष्टता कायम राख्दै लगातार तीन वर्षदेखि यस्तो प्रतिष्ठित सम्मान पाउन सफल भएको छ ।
- आइक्यानका अध्यक्ष निलबहादुर सारुले काठमाडौंमा आयोजित एक समारोहबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई उक्त अवार्ड प्रदान गर्नुभयो ।
१६ असार, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२५ अन्तर्गत कामना सेवा विकास बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्ड पाएको छ ।
योसँगै बैंकले लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ । बैंकले यसअघि २०२३ मा बीपीए सिल्भर अवार्ड, तथा २०२४ मा बीपीए गोल्ड अवार्ड पाइसकेको छ ।
वित्तीय विवरण लगातार रुपमा दक्षिण एसियामै विशिष्ट, सफा रहेकाले यो अवार्ड प्राप्त भएको बैंकले जनाएको छ । ‘बैंकले वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय वित्तीय प्रतिवेदन प्रस्तुतिमा निरन्तर उत्कृष्टता कायम राख्दै आएको पुष्टि भएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त अवार्ड बैंकको वार्षिक प्रतिवेदनमार्फत वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतिकरणलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरेको मूल्याङ्कनका आधारमा प्रदान गरिएको हो । बीपीए अवार्डले संस्थाहरूको वार्षिक प्रतिवेदनको गुणस्तर, वित्तीय पारदर्शिता तथा उत्कृष्ट प्रस्तुतीकरणलाई प्रोत्साहन गर्ने उद्देश्य राख्दछ ।
काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहमा आइक्यानका अध्यक्ष निलबहादुर सारुले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई उक्त अवार्ड प्रदान गरे ।
‘यस सम्मानले बैंकको वित्तीय विवरण तथा वार्षिक प्रतिवेदनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुरूप थप प्रभावकारी, विश्वसनीय र पारदर्शी बनाउने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ’ बैंकले भनेको छ ।
प्रतिक्रिया 4