News Summary
Generated by OK AI. Editorially reviewed.- कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको पशुपति माध्यमिक विद्यालयलाई तीन थान कुलर हस्तान्तरण गरेको छ ।
- गर्मी मौसममा विद्यार्थीलाई अनुकूल वातावरणमा अध्ययन गर्न मद्दत पुग्ने अपेक्षासहित बैंकले उक्त कुलर सहयोग गरेको हो ।
- कुलर जडानपछि कक्षाकोठाको तापक्रम न्यूनीकरण भई विद्यार्थीको पठनपाठनमा सहजता मिल्ने प्रधानाध्यापक बेद नारायण भट्टराईले बताए ।
१३ जेठ, काठमाडौं । कामना सेवा विकास बैंकलेसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय कोटिहवामार्फत पशुपति माध्यमिक विद्यालय, रुपन्देहीलाई कुलर हस्तान्तरण गरेको छ ।
बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक बेद नारायण भट्टराईलाई ३ थान कुलर हस्तान्तरण गरे । विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनरत रहेको र गर्मीको मौसममा अध्ययन–अध्यापन गर्न कठिन भएको अवस्थामा उक्त कुलर उपयोगी हुनेछ ।
विद्यालयमा कुलर जडान भएपछि कक्षाकोठाभित्रको तापक्रम न्यूनीकरण भई विद्याथीलाई सहज र अनुकूल वातावरणमा अध्ययन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको प्रधानाध्यापक भट्टराईले बताए । यस प्रकारको सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने बैंकका बुटवल क्षेत्र प्रमुख आचार्यले बताए ।
उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4