
१३ मंसिर, काठमाडौं। अष्ट्रेलियाले विदेशी कामदार र विद्यार्थीका लागि आफ्नो सीमा पुन : खुलाउने योजना अस्थायी रुपमा रोकेको छ ।
अष्ट्रेलियाले नयाँ ओमिक्रोन भेरियन्टबारे थप सूचना संकलन गर्न भन्दै विदेशी कामदार र विद्यार्थीलाई आफ्नो सीमाना खुलाउने योजना केही समयका लागि रोकेको बीबीसीले जनाएको छ ।
राष्ट्रिय सुरक्षा समिति र प्रमुख मेडिकल अधिकृत पल केलीसँग सोमबार भएको परामर्शका आधारमा डिसेम्बर १ गतेदेखि सीमा खुला गर्ने योजना २ हप्ता पछि धकेलिएको प्रधानमन्त्री स्कट मोरिसनको कार्यालयले जनाएको छ ।
ओमिक्रोन भेरियन्ट देखा परेपछि सीमा खुलाउने यसअघिको योजना २ हप्ता पर सार्न आवश्यक देखिएको प्रधानमन्त्री कार्यालयलले प्रस्ट पारेको छ ।
यसअघि अष्ट्रेलिया सरकारले भिसा भएका दक्ष विदेशी कामदार र विद्यार्थीसहित मानवीय सहायताकर्मी, बिदा मनाउन आउने पर्यटक र अस्थायी पारिवारिक भिसा भएका मानिसलाई डिसेम्बर १ गतेदेखि प्रवेश गर्न दिने निर्णय गरेको थियो ।
तर ओमिक्रोनका संक्रमित फेला परेपछि उक्त निर्णय तत्कालका लागि लागू नहुने र डिसेम्बर १५ गतेपछि अवस्था हेरेर अन्तर्राष्ट्रिय सीमा पुनस् खुला गर्न सकिने समाचारमा उल्लेख छ ।
विद्यमान नियमअनुसार पूर्ण खोप लगाएका नागरिक, स्थायी बासिन्दा र उनीहरूका आफन्तमात्रै अष्ट्रेलिया प्रवेश गर्न पाउँछन् ।
प्रतिक्रिया 4