+
+

तरलता संकट तत्काल समाधान नहुने संकेत, औसत सीडी रेसियो नै ९१ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १८:४२

१३ मंसिर, काठमाडौं । बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव अझै समाधान हुन सकेको छैन । बैंकहरु कर्जा लगानीमा आक्रामक बन्ने तर निक्षेप संकलन भने नभएका कारण तरलता समस्या समाधान नभएको हो ।

पछिल्लो तथ्यांकले समेत तरलता समस्या तत्कालै समाधन नहुने देखाएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९१ प्रतिशत देखिएको छ ।

राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत कायम गर्न बैंकहरुलाई निर्देशन दिएको छ । तर बैंकहरु कर्जा विस्तारमा आक्रामक हुने क्रम जारी रहँदा २७ वाणिज्य बैंकहरुको सीडी रेसियो नै ९० दशमलव ९३ प्रतिशत देखिएको छ । अझ केही बैंकहरुको त ९४ प्रतितशसम्म सीडी रेसियो पुगेको छ । ४ वटा बैंकको भने सीडी रेसियो सीमाभित्रै रहेकाले औसत ९१ प्रतिशत हाराहारी देखिएको हो ।

तोकिएको सीमामा सीडी रेसियो नुहनुले अझै बैंकमा तरलता संकट कायमै रहेको देखिएको छ । बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा मात्रै बैंकहरुले १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । तर निक्षेप भने बढ्नुको सट्टा उल्टै घटेको छ । संघका अनुसार निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ । का१ि ३ गतेसम्म बैंकहरुको कुल ऋण लगानी ४० खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा यो बढेर १० कात्तिकसम्म ४० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । उता निक्षेप भने ४२ खर्ब २६ अर्ब रुपैयाँबाट घटेर ४२ खर्ब १९ अर्ब रुपैयाँमा झरेको बैंकर्स संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?