+
+

एचआइभी एड्सबाट कोरोनाको नयाँ भेरियन्ट !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १८:५२

१३ मंसिर, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि अहिले संसारभर तरंग उत्पन्न भएको छ । विश्व स्वास्थ्य संगठनले उक्त नयाँ भेरियन्टको नाम ओमिक्रोन राखेको छ ।

सबैभन्दा चिन्ताको विषय नै यो भाइरस निकै तिव्र गतिमा म्युटेट हुनु रहेको वैज्ञानिकहरुको भनाई छ । जसका कारण यो भाइरस अल्फा, बिटा, डेल्टा तथा डेल्टा प्लस लगायतका अन्य भेरियन्ट भन्दा खतरनाक छ ।

लण्डनस्थित युसिएल जेनेटिक्स इन्स्टिच्यूटका वैज्ञानिकहरुका अनुसार कोरोनाको यो भेरियन्ट सुरुमा कहाँबाट आयो भन्ने बारेमा प्रष्ट भैसकेको छैन ।

कुनै कारणले रोग प्रतिरोधी क्षमता नभएका मानिसबाट एचआइभी एड्स संक्रमित मानिसनमा कोरोना भाइरस संक्रमण भएसँगै यो भेरियन्टको म्युटेसन भएको हुनसक्ने वैज्ञानिकको आँकलन छ ।

यो भेरियन्ट निकै तिव्र गतिमा ३० पटक म्युटेट हुन्छ । अन्य भेरियन्टको तुलनामा यसले संक्रमितलाई खतरनाक तरिकाले असर पार्दछ ।

अहिलेसम्म दक्षिण अफ्रिका, बोत्सवाना, हंगकंग, इजरायल तथा बेल्जियममा यो भेरियन्टका केही संक्रमण फेला परिसकेका छन् ।

यो नयाँ भेरियन्टका विरुद्ध विद्यमान कोरोना विरुद्धको खोप प्रभावकारी छ कि छैन भन्ने प्रष्ट भैसकेको छैन । यसका लागि दुई हप्तासम्म कुर्नुपर्ने फाइजर बायोएनटेकले जनाएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?