+
+

म दीपिकाको पहिरन छापा मार्न चाहन्छु : तारा सुतरिया

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १२:४९
फाइल तस्वीर : तारा सुतरिया

१५ मंसिर, काठमाडौं । शुक्रबार रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’की नायिका तारा सुतरियाले आफूलाई अभिनेत्री दीपिका पादुकोणले लगाउने पहिरन निक्कै आकर्षक लाग्ने बताएकी छन् ।

‘तडप’का विषयमा सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा ताराले दीपिकाको पहिरनमा छापा मार्न चाहेको बताइन् । तपाईं कुन नायिकाको पहिरन राख्ने ठाउँमा छापा मार्न चाहुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘म दीपिका पादुकोणको दराजमा छापा मार्न चाहन्छु । किनकि, उनले लगाउने पहिरन निक्कै आकर्षक छन् ।’

ताराले आफूलाई कुनै युवक मन परेको अवस्थामा उसलाई प्रेम प्रस्ताव राख्न आफूलाई कुनै समस्या नभएको पनि बताएकी छन् । उनले भनिन्, ‘म युवकको प्रस्ताव पर्खिएर बस्दिनँ । म उसलाई आफैं प्रेम प्रस्ताव राख्छु ।’

‘स्टुडेन्ट अफ द इयर’बाट बलिउडमा प्रवेश गरेकी तारा चलचित्र ‘तडप’बाट उत्साहित छिन् । यो चलचित्रमा उनी र नायक अहान सेट्टीले पर्दा शेयर गरेका छन् । ताराले चलचित्र ‘तडप’मा अहान सेट्टीसँग रोमान्टिक दृश्य खिच्न आफूलाई कुनै अप्ठ्यारो नलागेको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?