+
+

सामसुङको वान यूआई ४ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १४:०५

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले वान यूआई ४ भर्सनको नयाँ सफ्टवेयर औपचारिक रुपमा सार्वजनिक गरेको छ । जुन ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा सिरिजमा पहिलो पटक समावेश हुनेछ ।

नयाँ अनुकूलन विकल्प, गोपनीयताका विशेषताहरु र सामसुङको निरन्तर विस्तार भैरहेको इकोसिस्टममा पहुँचसँगै वान यूआई ४ ले एक उन्नत मोबाइलको अनुभव दिलाउने विश्वास कम्पनीको छ । नयाँ सफ्टवेयर अद्यावधिकले अझ बढी अनुकूलन, अद्यावधिक गोपनीयता सेटिङ्गहरु र त्योभन्दा ज्यादा प्रस्ताव गर्ने कम्पनीले बताएको छ ।

‘हामी हरकोहीलाई सम्भव भएसम्म छिटोभन्दा छिटो उत्कृष्ट मोबाइलको अनुभव दिलाउन प्रतिबद्ध छौं,’ सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘वान् युआइ ४ ग्यालेक्सी स्मार्टफोन प्रयोगकर्ताहरुलाई नवीनतम् अनुकूलन र गोपनीयता विशेषताहरु उपलब्ध गराएर आफ्नो प्रतिज्ञा पूरा गर्दछ ।’

वान यूआई ४ ले उपभोक्ताहरुको आवश्यकताहरु पूरा गर्ने विश्वास कम्पनीको छ । छनौट गर्नलाई राखिएका सम्पूर्ण नयाँ कलर प्यालेटहरुका साथ मोबाइलको होमस्क्रिनदेखि आइकनहरु, मेनु, बटन र पृष्ठभूमी सबै चीजहरुको बनौट र अनुभव बदल्न सक्ने कम्पनीले बताएको छ ।

गोपनीयतालाई सुरक्षित राख्छ

बलियो सुरक्षा बिना केही पनि गोप्य रहँदैन । त्यसैले वान यूआई ४ का साथ सामसुङले त्यस्तो नवीनतम गोपनीय र सुरक्षाका विशेषताहरु पेश गरेको छ, जसले गर्दा के साझा गर्ने र के गोप्य राख्ने भनेर सही रुपमा चयन गर्न सघाउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार जब कुनै एपले क्यामरा वा माइक्रोफोनमा पहुँच राख्ने प्रयास गरिरहेको हुन्छ त्यस समयमा सचेत गराउनेदेखि नयाँ गोपनीय ड्यासबोर्डसम्म सबै सेटिङहरु र नियन्त्रणहरु एउटै सुविधाजनक स्थानमा ल्याउँछ । यसले उपभाेक्ताको गोपनीयता सेटिङहरुको नियन्त्रण र निगरानी सजिलो बनाउँछ ।

उपलब्धता

ग्यालेक्सी एस२१ सिरिजमा यही नोभेम्बर १५ देखि वान यूआई ४ उपलब्ध भएको छ । छिट्टै नै पहिलेको ग्यालेक्सी एस र नोट सिरिजहरु साथसाथै ग्यालेक्सी जेड सिरिज, ए सिरिज र ट्याब्लेटहरुमा पनि उपलब्ध गराइने कम्पनीले बताएको छ । यो घोषणा शुरु भएको ग्यालेक्सी घडी सिरिजको लागि नयाँ सफ्टवे्यर अद्यावधिकसँगै गरिएको छ । यसबाट प्रयोगकर्ताहरु स्वास्थ्य विशेषताहरु र नयाँ घडी बनौटहरुको मज्जा लिन सक्षम हुने कम्पनीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?