+
+

अमेरिकामा खोप लगाएका व्यक्‍तिमा पनि ओमिक्रोन संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते ११:०३

१६ मंसिर, काठमाडौं । अमेरिकामा समेत कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन् । क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेको सीएनएनले जनाएको हो ।

अमेरिकाको एलर्जी तथा संक्रामक रोग इन्स्टिच्युटका निर्देशक डा. एन्थोनी फाउचीले ह्वाइट हाउसमा ब्रिफिङ गर्दै दक्षिण अफ्रिकाबाट आएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको बताए ।

संक्रमण पुष्टि भएका व्यक्ति यात्रा प्रतिबन्ध लगाउनुपूर्व नै अर्थात् नोभेम्बर २२ गते अमेरिका आएको र एक हप्तापछि उनमा संक्रमण फेला परेको डा. फाउचीको भनाइ थियो । ती व्यक्ति ‘सेल्फ क्वारेन्टाइन’मा बसिरहेको तर उनको सम्पर्कमा आएका मानिसमा भने कोरोना नेगेटिभ देखिएको फाउचीले बताए ।

फाउचीका अनुसार कोरोना खोपको पूर्ण डोज लगाएका व्यक्ति ओमिक्रोनबाट संक्रमित भएको र ‘माइल्ड लक्षण’ देखिएका उनको स्वास्थ्यमा हाल सुधार भइरहेको फाउचीको भनाइ थियो । सान फ्रान्सिस्कोका जनस्वास्थ्य निर्देशक डा. ग्रान्ट कोलफ्याक्सले संक्रमित व्यक्तिले बुस्टर डोज भने नलगाएको बताए ।

यसै हप्ता विश्व स्वास्थ्य संगठनले ओमिक्रोनबाट विश्वभर जोखिम बढेको बताएको थियो । संगठनका अनुसार हालसम्म २३ वटा मुलुकमा यो भेरियन्ट फैलिइसकेको छ ।
तर सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोन भेरियन्ट ‘चिन्ताको विषय भए पनि डराइहाल्नु पर्ने कारण’ नभएको बताएका थिए ।

नयाँ ओमिक्रोन भेरियन्टको संक्रामक क्षमता के-कति छ, यसबाट मानिसहरू गम्भीर रुपले संक्रमति हुने वा नहुने र हालका खोपले काम गर्ने वा नगर्ने भनेर स्पष्ट भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?