+
+

२६ सयबाट तल झर्‍यो नेप्से परिसूचक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १५:४६

१६ मंसिर, काठमाडौं । मौदि्रक नीतिको त्रैमासिक समीक्षापछि लगातार जसो घटेको शेयर बजार बिहीबार पनि उच्च अंकले घटेको छ । साताको पहिलो दिन आइतबार ८० अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबारसम्म आइपुग्दा ५ अंकले बढेर सुधारको संकेत देखाएको थियो । तर बिहीबार त्यो क्रम जारी रहेन ।

बिहीबार नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घट्दा २ हजार ६ सय भन्दा तल झरेको छ । नेप्से परिसूचक २ हजार ५ सय ८४ दशमलव ६१ अंकमा झरेको छ भने कारोबार रकममा पनि उल्लास देखिएन ।

दिनभर भएका ४७ हजार ८ सय ६४ कारोबारबाट २३१ कम्पनीका ७९ लाख ३२ हजार ७ सय ३१ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँमा रोकिएको छ ।

बिहीबार नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीको शेयर मूल्य घट्दा समूहगत सवइन्डेक्सहरु सबै घटेर राताम्मे देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?