+
+

क्रियाशील सदस्यताबाट कांग्रेसले उठायो ११ करोड

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ मंसिर १६ गते १७:५५

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता (नयाँ र नवीकरण)बाट ११ करोड रकम उठाएको छ । कांग्रेस केन्द्रीय कार्यालयको आयव्यय विवरण अनुसार क्रियाशील सदस्यताबाट ११ करोड ४३ लाख ३८ हजार ८५१ रुपैयाँ आम्दानी भएको हो ।

चालू आर्थिक वर्षमा नौ करोड २४ लाख ९४ हजार ९४४ रुपैयाँ क्रियाशील सदस्यताबाट उठेको हो भने गतवर्ष दुई करोड १८ लाख ४६ हजार ९०७ रुपैयाँ उठेको कांग्रेसको आयव्यय तथ्यांकमा उल्लेख छ ।

कांग्रेसमा आठ लाख ४० हजार एक सय ६ क्रियाशील सदस्य रहेका छन् । नयाँ क्रियाशील सदस्य चार लाख २९ हजार ४२२ छन् भने नवीकरण गर्नेको संख्या चार लाख १० हजार ६८४ रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले नयाँ क्रियाशील सदस्यका लागि तीन सय रुपैयाँ दस्तुर तोकेको थियो भने नवीकरणका लागि वार्षिक दुई सय रुपैयाँ दस्तुर निर्धारण गरेको थियो ।

त्यस्तै चन्दा र सहयोग अन्तर्गत कांग्रेसको कोषमा १ करोड ६५ लाख ६३ हजार ३१८ जम्मा भएको छ । चालू आर्थिक वर्षमा चन्दा तथा सहयोगमा एक करोड तीन लाख ४१ हजार ६५७ रुपैयाँ जम्मा भएको छ भने गतवर्ष कांग्रेसले ६२ लाख २१ हजार ६६१ रुपैयाँ चन्दा उठाएको हो ।

कांग्रेसले कुपन तथा पब्लिकेशन बिक्रिबाट पछिल्लो चार महिनामा ८ लाख ३९ हजार ५० रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष आठ लाख पाँच हजार ७५० रुपैयाँ पब्लिकेशन विक्रीबाट कमाएको थियो । पार्टीको विधान, नियमावलीहरुमा कांग्रेसले न्यूनतम रकम लिने गरेको छ ।

कांग्रेसको पार्टी कार्यालयबाट प्राप्त आयव्यय विवरण अनुसार अन्य आय शीर्षकमा चालू आर्थिक वर्षमा ८३ लाख ४२ हजार ४१९ रुपैयाँ पार्टी कोषमा जम्मा भएको छ भने अघिल्लो आर्थिक वर्षमा ११ लाख १६ हजार २५५ रुपैयाँ आय भएको कांग्रेसको तथ्यांकमा उल्लेख छ ।

कांग्रेसले चालू आर्थिक वर्षमा ११ करोड २० लाख १८ हजार ७० रुपैयाँ आम्दानी गरेको छ भने अघिल्लो वर्ष २ करोड ९९ लाख ८७ हजार ५७६ रुपैयाँ आम्दानी भएको कांग्रेसको आयव्यय विवरणमा उल्लेख छ ।

खर्च अन्तर्गत कांग्रेसले चालू आर्थिक वर्षमा तीन करोड पचास हजार ५०१ रुपैयाँ खर्च भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा कांग्रेसले चार करोड दश लाख ३१ हजार ६७४ रुपैयाँ खर्च गरेको थियो ।

कांग्रेसले खर्च शीर्षमा कर्मचारी तलव, साधारण तथा प्रशासनिक खर्च, ह्रास तथा अपलेखन भएको उल्लेख गरेको छ। कर्मचारीका लागि चालू आर्थिक वर्षमा ९२ लाख ९३ हजार ८३१ खर्च भएको छ भने अघिल्लो वर्ष कर्मचारी तलवमा ८८ लाख ६८ हजार ८३१ रुपैयाँ खर्च भएको थियो ।

त्यस्तै साधारण तथा प्रशासनिक अन्तर्गत पछिल्ला चार महिनामा एक करोड ७४ लाख ८९ हजार ७२६ खर्च भएको छ भने अघिल्लो वर्ष १ करोड ३१ लाख ६९ हजार ३११ खर्च भएको थियो । ह्रास तथा अपलेखनमा यसवर्ष ३२ लाख ६६ हजार ९४४ रुपैयाँ खर्च भएको छ भने अघिल्लो वर्ष सोही शीर्षकमा ३४ लाख १३ हजार ७०२ रुपैयाँ खर्च भएको आयव्यय विवरणमा उल्लेख छ ।

कांग्रेसका अनुसार चालू आर्थिक वर्षमा ८ करोड १९ लाख ६७ हजार ५७९ रुपैयाँ बचत देखिन्छ भने गतवर्ष १ करोड १० लाख ४४ लाख १९० रुपैयाँ कांग्रेस कोषमा बचत भएको थियो ।

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?