+
+

गण्डकीमा जोशी र शर्माको प्यानलसहित उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १७:२९
संस्थापन इतर समूहबाट सभापतिका उम्मेदवार शुक्रराज शर्मा (बाँया) र संस्थापन पक्षका उम्मेदवार अर्जुन जोशी

१७ मंसिर, पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्षले चुनावी प्रतिस्पर्धाका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

सभापतिमा संस्थापन पक्षबाट अर्जुन जोशी र संस्थापन इतर पक्षबाट शुक्रराज शर्मा उम्मेदवार छन् ।

संस्थापन पक्षबाट उपसभापतिमा स्याङ्जाका मेषलाल श्रेष्ठ र म्याग्दीका नेत्र महतले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । सहमहामन्त्रीमा राजनराज पन्त, झुलबहादुर आले र ओमकला गौतमले उम्मेदवारी दिएका छन् ।

संस्थापन इतरबाट उपसभापतिमा स्याङ्जाकी कल्पना तिवारी र बागलुङका हरिप्रसाद श्रेष्ठको उम्मेदवारी परेको छ । महामन्त्रीमा नवलपुरका विष्णु लामिछाने र गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । सहमहामन्त्रीमा नै युवराज बस्ताकोटी र गणेश सापकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?